पोखरामा लिम्बु मातृभाषा, लिपि र मुन्धुम प्रशिक्षण शुरु



पोखरा

गण्डकी प्रज्ञा प्रतिष्ठानको आयोजनामा पोखरामा लिम्बु मातृभाषा, लिपि र मुन्धुम प्रशिक्षण कार्यक्रम शुरु भएको छ । 

किरात याक्थुङ चुम्लुङ पोखराको सहकार्यमा आयोजित प्रशिक्षण कार्यक्रमको गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीले एक कार्यक्रमका बीच उद्घाटन गरे ।  

उनले आफ्नो मातृभाषाको महत्व ठुलो हुने भएकोले सबै मिलेर मातृभाषालाई जोगाउनुपर्ने बताए । गण्डकी प्रज्ञा प्रतिष्ठानले अभियानकै रुपमा मातृभाषालाई संरक्षण गर्न गण्डकी प्रदेशका विभिन्न ठाउँमा प्रशिक्षण कार्यक्रमको आयोजना गरेको उनको भनाई थियोे । यस्ता कार्यक्रमले मातृभाषा संरक्षणमा सकारात्मक सहयोग पुग्ने उनको विश्वास छ ।

किरात याक्थुङ चुम्लुङ पोखराका धनबहादुर थेवेको अध्यक्षतामा आयोजित कार्यक्रममा दिनेश लिम्बु, सञ्जय लिम्बु लगायतले बोलेका थिए । कुल ३२ जना प्रशिक्षार्थीको सहभागिता रहेको प्रशिक्षण कार्यक्रमको सहजीकरण सञ्जय लिम्बु र दिनेश लिम्बुले गर्ने गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जनाए । प्रशिक्षण कार्यक्रम एक महिनासम्म चल्नेछ ।

गण्डकी प्रज्ञा प्रतिष्ठानको सहयोगमा स्थापित जाती विस्तापित भाषा नाम दिएर प्रशिक्षण कार्यक्रम आयोजना निरन्तर भइरहेको छ । जसअनुसार तामाङ, दुरा, नेवारी, गुरुङ भाषाको प्रशिक्षण अघिल्लो आर्थिक वर्षमा सम्पन्न भइसकेको छ । 

चालु आर्थिक वर्षमा समेत मातृभाषा प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिने योजना अनुसार लिम्बु मातृभाषा तथा लिपि प्रशिक्षण कार्यक्रम आयोजना गरिएको सदस्य सचिव मनकुमार श्रेष्ठले बताए । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja