नेकपा माओवादी केन्द्रले स्थानीय चुनावमा घात गर्नेलाई कारबाही गर्ने



पोखरा

नेकपा माओवादी केन्द्रले स्थानीय चुनावमा घात गर्नेलाई कारबाही गर्ने भएको छ ।

स्थानीय तह निर्वाचनमा पार्टीभित्र भएका घात, प्रतिघात र असहयोगबारे केन्द्रीय समितिद्वारा गठित छानबिन कार्यदलले निलम्बन, निष्काशन र चेतावनीसम्मको कारबाही सिफारिस गरेको हो । सोमबार कार्यदलका अध्यक्ष टंक राईले पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई प्रतिवेदन बुझाएका छन् । उक्त कार्यदलमा मुक्ति प्रधान र खिमलाल देवकोटासमेत थिए ।

प्रतिवेदन बुझ्दै अध्यक्ष दाहालले अनुशासन तोड्नेलाई कारबाही नगरे कम्युनिस्ट पार्टी कम्युनिस्ट पार्टीजस्तो नहुने बताए । कार्यदलको प्रतिवेदनअनुसार पार्टीलाई विधिसम्मत तरिकाले चलाउन सबैलाई उनले आग्रहसमेत गरे ।

अध्यक्ष दाहालले कार्यदलले चुनावमा घात गर्ने र अनुशासन तोड्नेलाई ‘निलम्बन, निष्काशन र चेतावनी’को सिफारिस गरिएको जानकारी दिए । कार्यदलले तयार पारेको प्रतिवेदनले माओवादीलाई मात्र नभई अन्य दललाई पनि विधिसम्मत तरिकाले चल्न सन्देश दिने उनले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja