एनएमबी बैंकको एटीएम फुटाएर चोरी गर्ने युवक पक्राउ



पोखरा

एटीएम मेसिन फोडेर लाखौं रकम चोरी गरेको आरोपमा नवलपुर देवचुली ५ घर भएका पढाइ बल्ल ९ कक्षा र हार्डवयर पसलमा पनि काम गर्ने ‘भेडे’ भन्ने अनिश तामाङलाई कास्की प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।

युट्युबबाटै एटीएम मेसिनबारे जानीबुझी अनिश चोर्ने कार्यमा अग्रसर भएको अनुसन्धानमा खुलेको छ । पोखरा ३० डुँडाको मुख बस्ने अनिश लेखनाथको अर्घौचोक स्थित एनएमबी बैंकको एटीएम फोडेर १४ लाख बढी रकम लुटेर फरार भएका थिए ।

तामाङलाई चोरी तथा डाँका सम्बन्धी कसूरमा आइतबार जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरी ७ दिनको म्याद गरिएको छ । चोरिएको रकम कहाँ लगे भन्ने विषयमा थप अनुसन्धान भइरहेको एसपी केसीले बताए । ‘संलग्न को थिए ? पत्ता लगाउँदैछौं’ उनले भने । आरोपीतले सोही रात घरमा र बाहिर दुई पटकसम्म खाना खाएको हुँदा प्रहरीले घरपरिवारका सदस्यलाई पनि शंकाको घेरामा लिएको छ । ‘तामाङ ठूलो चोर त होइन तर, राम्रो लगाउँ र मिठो खाउँ भन्ने सोखिन रहेछ,’ एसपीले थपे, ‘खत्र्याङखुत्रुङ किनेको देख्दा रुची अनुसार अपुग भएर चोरी गरेको हो कि ?’

उनले मोटरसाइकल किनेको बुझिएको छ । बाँकी रकम साथीहरुसँग लेकसाइडमा दिनहुँ रमाईलो गर्ने, खाने, पिउने गरेर सकाएको भनेपनि प्रहरीलाई पत्यार लागेको छैन ।

प्रहरीले अन्य सतर्कता अपनाउन सबै बैंक तथा वित्तीय संस्थाका प्रदेश र शाखा प्रमुखलाई बोलाएर सुरक्षा सावधानीको लागि निर्देशन गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja