आज राति म्यानचेस्टर युनाइटेड र लिभरपुल प्रतिस्पर्धा गर्दै



पोखरा

इंग्लिस प्रिमियर लिगको तेस्रो साताअन्तर्गत सोमबार राति म्यानचेस्टर युनाइटेड र लिभरपुल प्रतिस्पर्धा गर्दैछन् । सुरुवाती दुई खेलमा पराजित युनाइटेड घरेलु मैदानमा लिभरपुलविरुद्ध जितको खोजीमा हुनेछ । नेपाली समयअनुसार खेल राति १२ः४५ बजे युनाइटेडको वर्ल्ड ट्राफोर्डमा हुनेछ ।

नयाँ सिजनको पहिलो खेलमा घरेलु मैदानमा ब्राइटनसँग २–० को नतिजामा पराजित युनाइटेडले अहिलेसम्म एक गोल पनि गरेको छैन । यस्तै, दोस्रो खेलमा ब्रेन्टफोर्डसँग ४-० को पराजय भोगेको युनाइटेडका मुख्य प्रशिक्षक एरिक टेन हाग जसरी पनि जित निकाल्नु पर्ने दबाबमा छन् ।

यता, लिभरपुल पनि तीन अंक खोस्ने लक्ष्यसहित मैदानमा उत्रिनेछ । पहिलो खेलमा फुलहमसँग २–२ गोलको बराबरीमा रोकिएको लिभरपुलले अहिलेसम्म जित निकाल्न सकेको छैन ।

घरेलु मैदान एन्फिल्डमा भएको दोस्रो खेलमा लिभरपुल क्रिस्टल प्यालेसँग १–१ गोलको बराबरीमा रोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja