रुसी राजनीतिक सिद्धान्तकार डुगिनकी छोरीको संदिग्ध कार बम आक्रमणमा मृत्यु



पोखरा

प्रभावशाली रुसी राजनीतिक सिद्धान्तकार अलेक्जाण्डर डुगिनकी छोरीको संदिग्ध कार बम आक्रमणमा मृत्यु भएको छ । डुगिनकी छोरी डार्या डुगिनाको संदिग्ध कार बम आक्रमणमा शनिबार मृत्यु भएको रुसी अधिकारीले आइतबार जानकारी दिएका छन् ।

मस्को क्षेत्रका अनुसन्धानकर्ताहरुले उनी चढेको टोयोटा ल्याण्ड क्रुजरमा राखिएका विस्फोटक पदार्थ विस्फोट भएका कारण उनको मृत्यु भएको जानकारी दिएका छन् । रुसको तास समाचार संस्थाले डुगिनाका साथी आन्दे्रइ क्रास्नोभलाई उद्धृत गर्दै जनाएअनुसार उक्त कार उनका बुवाको रहेको थियो । यसकारण आक्रमणको प्रमुख निशानामा अलेक्जाण्डर डुगिन नै रहेको हुनसक्ने अनुमान गरिएको छ ।

अनुसन्धानकर्ताहरुले घटनालाई हत्या अपराधको रुपमा अनुसन्धान अघि बढाइएको जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja