भारतको हिमाञ्चलमा बाढी पहिरोबाट २२ जनाको मृत्यु 



पोखरा

भारतको हिमाञ्चल प्रदेशमा बाढी पहिरोबाट २२ जनाको मृत्यु भएको छ। दर्जनौं मानिस बेपत्ता भएका छन्।

बाढीमा हराइरहेकाहरुको खोजी भइरहेको र ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्न सक्ने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। बाढीका कारण झण्डै ४ लाख नागरिक प्रभावित भएका छन्। गत शुक्रबारदेखि निरन्तर परेको वर्षाका कारण हिमाञ्चलसहित उडिसा र झारखण्डमा पनि बाढी–पहिरोले क्षति गरेको हो।

भारी वर्षाका कारण जम्मुकश्मिरको वैष्णेदेवी तथा बद्रि केदारका तीर्थ यात्रा पनि अवरुद्ध भएका छन्। बद्रि केदार जाने सडकहरुमा ब्यापक पहिरो जाँदा यात्रा केही दिन अवरुद्ध हुने जनाइएको छ।वर्षा प्रभावित राज्यहरुमा साढे ७ सय बढी सडकमा क्षति पुगेको र आपूर्ति व्यवस्था समेत अवरुद्ध भएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja