तनहुँका बालबालिकालाई विद्यालयमै फाइजर खोप लगाइने



पोखरा

तनहुँका पाँचदेखि १२ वर्षमुनिका ३८ हजार एक सय ५८ बालबालिकालाई विद्यालयमै कोरोनाविरुद्धको फाइजर खोप लगाइने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ती उमेर समूह लक्षित खोप अभियान सञ्चालन गर्न निर्देशन दिएसँगै जिल्लामा भदौ ७ गतेदेखि खोप लगाउन स्वास्थ्य कार्यालय तनहुँ व्यवस्थापनमा जुटेको कार्यालय प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिए ।

उनका अनुसार जिल्लाका एक सय २० शैक्षिक संस्थामार्फत बालबालिकालाई खोप लगाइने छ । खोप अभियान सञ्चालनका लागि जिल्लाका स्वास्थ्यकर्मीलाई अभिमुखीकरण गरिसकिएको छ ।

पहिलो चरणमा भदौ ७ गतेदेखि १० गतेसम्म शुक्लागण्डकी र भानु नगरपालिकामा खोप अभियान सञ्चालन गरिनेछ । दोस्रो चरणमा भदौ ११ देखि १४ गतेसम्म व्यास नगरपालिका, भिमाद नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका, बन्दीपुर गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र देवघाट गाउँपालिकामा खोप अभियान सञ्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja