प्रिमियर लिग फुटबलमा आइतबार तीन खेल हुँदै



पोखरा

इंग्लिस प्रिमियर लिग फुटबलमा आइतबार तीन खेल हुँदै छन् ।पहिलो खेलमा चेल्सीले लिड्स युनाईटेडको सामना गर्दैछ । यस्तै, वेष्ट ह्याम युनाईटेडले ब्राइटनसँग प्रतिस्पर्धा गर्नेछ । दुबै खेल पौने सात बजे सुरु हुनेछ ।

यता, साविक विजेता म्यानचेष्टर सिटीले न्युक्यासल युनाइटेडको भ्रमण गर्दै छ । खेल राति सवा ९ बजे सुरु हुनेछ । लिगको तेस्रो चरणमा सिटी सत प्रतिशत जित यात्रालाई निरन्तर दिन चाहन्छ । पेप ग्वार्डिओलाको सिटीले दुई खेलमा ६ अंक जोडेको  ।

यता, न्युक्यासल समेत आफ्नो अपराजित यात्रा कायम गर्न चाहन्छ । उ घरेलु मैदानमा बलियो मानेको सिटीलाई स्तब्ध बनाउने रणनीतिमा छ । जारी लिगका तीन खेलमा सत प्रतिशत जित सहित आर्सनल शीर्षस्थानमा छ । ७ अंक जोडेको टोटनहम दोस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja