नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन 



पोखरा

बाैद्धिक नेताले चिनिएका नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधन भएको छ । ७५ वर्षको उमेरमा नेता गिरिको शनिबार राति उपचारको क्रममा ललितपुरको नख्खु स्थित मेडिसिटी अस्पतालमा निधन भएको हो ।

घाँटीको क्यान्सरबाट पीडित उनको सोही अस्पतालमा उपचार हुँदै आएको थियो । अस्पतालले राति ९ः ३६ मा निधन भएको पुष्टि हो ।

काँग्रेसका नेता तथा समाजवादी चिन्तक समेत रहेका गिरि लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको सफल उपचार पश्चात् केही महिनाअघि नेपाल फर्किएका थिए। घाँटीको क्यान्सरका बीच केही दिनयता गिरीलाई निमोनियाले समेत च्यापेको थियो ।

सुरुमा दिल्लीमा गिरिको उपचार भएको थियो भने साउन दोस्रो सातादेखि मेडिसिटीमा उपचार हुँदै आएको थियो । गिरिको उपचारमा मेडिसिटीका डाक्टर पंकज वर्मनसहितको टीम खटिँदै आएको थियो ।

सांसद समेत रहेका नेता गिरीको गत ९ साउनमा मेडिसिटी अस्पतालमा भर्ना भएका थिए । डा.पंकज बर्मन नेतृत्वको चिकित्सक टोली उनको उपचारमा संलग्न रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja