चीनमा अचानक आएको बाढी र पहिरोमा कम्तीमा १६ जनाको मृत्यु 



पोखरा

चीनको उत्तर पश्चिमी क्षेत्रमा अचानक आएको अविरल वर्षापछिको बाढी र पहिरोमा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने दर्जनौँ बेपत्ता भएका छन् ।

छिङहाई प्रान्तको दाटोङ काउन्टीको पहाडी क्षेत्रमा आएको बाढीबाट ६ वटा गाउँका ६ हजार २ सयभन्दा बढी मानिस प्रभावित भएको चिनियाँ सञ्चार माध्यम सीसीटीभीले जनाएको छ ।‘बिहीबारसम्म १६ जनाको मृत्यु भएको छ भने ३६ जना हराइरहेका छन्’, उक्त सञ्चार माध्यमले भन्यो । सामान्यतया चीनमा चरम गर्मी मौसमको समयमा आउँछ । अधिकांश सहरको तापक्रम तीव्र बढेको छ ।

सरकारी सञ्चार माध्यमले प्रकाशित गरेको एउटा भिडियोमा  माटोले ढाकिएका सडक, ढलेका रूख, क्षतिग्रस्त घरहरू र बाढीमा हराइरहेका व्यक्तिको खोजीमा खटिएका उद्धारकर्मीलाई देख्न सकिन्छ । वैज्ञानिकहरूले जलवायु परिवर्तनका कारण विश्वभर तापक्रम बढ्दै गएको बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja