अस्पताल सञ्चालनमा आएको ४८ वर्षपछि मुस्ताङमा पहिलो शल्यक्रिया



पोखरा

सञ्चालनमा आएको ४८ वर्षपछि मुस्ताङ जिल्ला अस्पतालमा बुधबार पहिलोपटक प्रसूतिको सफल शल्यक्रिया भएको छ ।बिहान ६ बजेर ३६ मिनेटको जाँदा मुस्ताङको थासाङ गाउँपालिका-३ लेते कालोपानीकी २४ वर्षीया अनीता परियारको शल्यक्रियामार्फत सुत्केरी गराइएको हो । उनले २ किलो ८ सय ग्रामको बच्चा (छोरा) जन्माएकी छन् । आमा र शिशुको स्वास्थ्य अवस्था सामान्य छ ।

अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. विशाल तिवारीका अनुसार अस्पतालको इतिहासमै यौ नै पहिलो शल्यक्रिया हो । डाक्टर कुन्दन कर्ण (एमडीजीपी) को नेतृत्वमा डा. तिवारी, राजीव सापकोटा, नर्सद्वय सुनीता श्रीमल र नीता घर्तिमगर र सहयोगी सनीलाल परियारको टीमले शल्यक्रिया गरेको हो ।

तिवारी ६ महिनाअघिमात्रै स्थायी नियुक्ति लिएर अस्पताल गएका थिए । संघीय सरकारबाट केही रकम ल्याएर शल्यक्रियाका लागि आवश्यक उपकरण जडान गरिएको अस्पतालले जनाएको छ । ‘दुई महिना लगाएर उपकरण सेटअप गरियो‚’ डा. तिवारीले भने, ‘त्यसैका परिणाम बुधबार प्रसूति शल्यक्रिया गर्न सफल भयौं ।’ उनले यो सेवालाई निरन्तरता दिइने बताए ।

तिवारीका अनुसार अबदेखि अस्पतालमा हाडजोर्नी, एपेन्डिसाइटिस, हाइड्रोसिल, ठूला घाउ चिरफारलगायत सामान्य खालका सबै शल्यक्रिया सेवा उपलब्ध हुने छ । संघ र प्रदेश सरकारबाट आवश्यक सहयोगको निरन्तरता भने हुनुपर्ने उनको भनाइ छ ।२०३१ सालमा स्थापना भएको अस्पताल २०७५ देखि गण्डकी प्रदेश सरकारमातहत २५ शय्या क्षमतामा सञ्चालित छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja