पछिल्लो २४ घण्टामा थप ८८८ जनामा कोरोना पुष्टि, १ जनाको मृत्यु 



पोखरा

जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा गरिएको ३ हजार १ सय ५५ पिसिआर परीक्षणका क्रममा ४ सय २७ जना र २ हजार ५ सय ८२ एन्टीजेन परीक्षणका क्रममा ४ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ भने ४७४ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९ सय ७९ जनाले ज्यान गुमाइसकेका छन् । त्यस्तै थप ४ सय ४६ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ७६ हजार ८३ जना निको भइसकेका छन् ।

हाल नेपालमा ५ हजार ३ सय ८७ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja