पोखरामा लागु औषधसहित एक युवक पक्राउ



पोखरा

शनिबार साँझको समयमा पोखरा महानगरपालिका -३० पावरहाउसबाट लागु औषधसहित नवलपरासी सुस्ता पश्चिम पाल्हीनन्दन गाउँपालिका सनही घर बताउने २० वर्षीय दिपेश लोहारलाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ।

प्रहरीका अनुसार पावरहाउस स्थित सडकमा सवारी चेकिङको लागि खटिएको प्रहरीको टोलीले नारायणगढबाट पोखरातर्फ आउंदै गरेको माइक्रो हाईसबाट लागु औषधसहित ती युवालाई पक्राउ गरेको हो। प्रहरीले उनको साथबाट नुर्फिन २०० एम्पुल, डाईजापाम २०० एम्पुल र फेनरागन २०० एम्पुल गरि जम्मा ६०० एम्पुल लागुऔषध वरामद गरेको छ।

उनीमाथि आवश्यक अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja