भारतमा शिक्षकको कुटाइबाट ९ वर्षीय बालकको मृत्यु 



पोखरा

भारत राजस्थानको जालोर जिल्लाको सायला गाउँको एक निजी विद्यालयका दलित समुदायका एक ९ वर्षीय (बालक) विद्यार्थीले शिक्षकका लागि राखिएको माटाको भाँडाको पानी पिएको भन्दै विद्यालयका शिक्षकले कुटपिट गर्दा उनको मृत्यु भएको हो। विद्यार्थीको मृत्यु भएपछि स्थिति तनाव ग्रस्त बनेको छ।

ती विद्यार्थीका अभिभावक र राजस्थानका दलित समुदायका बासीन्दा आक्रोशित बनेका छन् । प्रहरीले दोषी शिक्षकलाई पक्राउ गरी हत्या अभियोग लगाई मुद्दा दायर गरिएको छ। प्रहरीका अनुसार परिवारको उजुरीमा शिक्षक विरुद्ध एससीएसटी ऐन र धारा ३०२ अन्तर्गत मुद्दा दर्ता गरिएको छ।

यसैबीच राजस्थानको मुख्यमन्त्री अशोक गहलोतले घटनाप्रति दुःख व्यक्त गर्दै त्यसबारे तत्काल छानबिन गर्न अधिकारीहरूलाई निर्देशन दिएका छन्। परिवारलाई जतिसक्दो चाँडो न्याय सुनिश्चित गरिने पनि मुख्यमन्त्री अशोकले बताएका छन्।

मुख्यमन्त्री राहत कोषबाट परिवारलाई ५ लाख भारतीय रुपैयाँ राहत स्वरुप उपलब्ध गराइने पनि उनले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja