निहारिकाको मुद्दामा राष्ट्रपति विद्यादेवी भण्डारीको चासो



पोखरा

राष्ट्रपति विद्यादेवी भण्डारीले महोत्तरी जलेश्वरकी निहारिका राजपुतको मुद्दामा काुनन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइराला र महान्यायाधिवक्ता खम्मबहादुर खातीसँग चासो राखेकी छन् ।

निहारिकाले शुक्रबार शीतलनिवासअगाडि आत्मदाहको प्रयास गरेपछि राष्ट्रपति भण्डारीले शनिबार कानुनमन्त्री कोइराला र महान्यायाधिवक्ता खातीलाई बोलाएर जिज्ञासा राखेकी हुन् ।राष्ट्रपतिसँगको भेटमा मन्त्री कोइरालाले निहारिकाको मुद्दामा फैसला गर्ने धनुषाका जिल्ला न्यायाधीश परशुराम भट्टराईलाई सर्वोच्च अदालत तानेर न्याय परिषद्ले छानबिन गरिरहेको जानकारी दिएका थिए ।

भट्टराईविरुद्धका उजुरीमा अनुसन्धान भइरहेको न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले बताए । आफूलाई नशालु पदार्थ सेवन गराएर धनुषाका शिवराज श्रेष्ठले बलात्कार गरेको भन्दै निहारिकाले प्रहरीमा जाहेरी दिएकी थिइन् । त्यसमाथि अनुसन्धान गरेर जिल्ला अदालतमा मुद्दा दर्ता भएकामा न्यायाधीश भट्टराईको इजलासले श्रेष्ठलाई सफाइ दिएको थियो ।

सरकारसँग भएको सहमतिमा आरोपित भनिएका श्रेष्ठ र आफ्ना छोराको डीएनए परीक्षणका लागि कानुनी प्रक्रिया अघि बढाउन पहल गर्ने, निहारिका र छोराको सुरक्षा, आवास व्यवस्थापनका लागि गृह मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमार्फत पहल गर्ने, राज्यका सम्पूर्ण निकायलाई पीडितमैत्री बनाउन पहल गर्ने, अनशनकर्तालाई आर्थिक सहायताका लागि गृह मन्त्रालय मार्फत पहल गर्ने र अन्तिममा गृहमन्त्री खाँणबाट जुस पिएर अनशन तोड्ने उल्लेख छ । तर, उक्त सहमति कार्यान्वयन नगरिएपछि निहारिकाले शुक्रबार शीतलनिवास अगाडि आत्मदाहको प्रयास गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja