भदौ ७ गते नेपाल बन्द गर्ने कम्युनिष्ट पार्टीको घोषणा



पोखरा

 चार कम्युनिष्ट पार्टीले अहिलेको   गठबन्धन सरकार जनताप्रति  गैरजिम्मेवार रहेको भन्दै भाद्र ७ गते नेपाल बन्दको घोषणा गरेका छन् । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपाल कम्युनिष्ट पार्टी विप्लव, नेपाल कम्युनिष्ट पार्टी र नेकपा माओवादी समाजवादी पार्टीले संयुक्त विज्ञप्ती जारी गर्दै चरणबद्ध संघर्षका कार्यक्रमसहित  नेपाल बन्दको घोषणा गरेका हुन् ।

मुल्यवृद्धि, एमसिसि, झुठा मुद्दाको खारेजी, एसपिपि विरुद्धको आन्दोलनमा पक्राउ पुर्जी खारेजी, आकासिदो महंगी नियन्त्रण लगाएतको माग राख्दै चरणबद्ध आन्दोलनको घोषणा गरिएको विज्ञप्तीमा जनाइको छ । साथै जनताका मुद्दाहरुको वेवास्ता गरिएमा थप शसक्त संघर्षका कार्यक्रमहरु घोषणा गरिने चेतावनी समेत उक्त पार्टिले दिएका छन् । 


नेकपा विप्लव पार्टी निकट अखिल (क्रान्तिकारी) का केन्द्रिय कार्यलय सदस्य तथा उपत्यका बिशेष क्षेत्रका इन्जार्ज अटल शर्माले दिएको जानकारी अनुसार घोषणा भएको संघर्षका कार्यक्रम अन्तर्गत भाद्र १ गते देशव्यापी जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, भाद्र ४ गते देशव्यापी विरोध सभा, भाद्र ६ गते देशव्यापी मशाल जुलुस र भाद्र ७ गते नेपाल बन्दको घोषणा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja