फिलिपिन्समा कोरोनाले एकै दिन ४८ जनाको मृत्यु



पोखरा

फिलिपिन्समा पनि पछिल्लो समयमा कोभिड १९ को सङ्क्रमण बढेको छ । सो सङ्क्रमणमा परेर शनिबार मात्र कम्तीमा पनि ४८ जनाको ज्यान गएको फिलिपिन्सका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् ।

उनका अनुसार यहाँ शनिबार मात्र चार हजार छ सय ७९ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ । यो समेत गरी यहाँ अहिलेसम्म ३८ लाख २७ हजार भन्दा बढीमा यो सङ्क्रमण देखिएको छ ।यहाँको स्वास्थ्य विभागले पछिल्लो पटक सक्रिय सङ्क्रमितहरुको सङ्ख्या पनि बढेको अर्थात ४० हजार भन्दा बढीमा सक्रिय सङ्क्रमित रहेका जनाएको छ ।

गत जनवरी १५ मा ३९ हजार चार जनामा कोभिडको सङ्क्रमण देखिएको थियो । एकै दिनमा भएको कोरोना सङ्क्रमण सबैभन्दा धेरै सङ्ख्या हो । फिलिपिन्समा कोरोना शुरुभएबाट हालसम्म यस सङ्क्रमणबाट ६० हजार ९९२ जनाको मृत्यु भ्एको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja