पोखरामा लागु औषधसहित म्याग्दीका एक युवक पक्राउ



पोखरा

पोखरा महानगरपालिका -२ बागलुङ बसपार्क नजिकै चिसाखोला जाने सडक खण्डमा प्रहरीले गरेको चेक जाँचका क्रममा लागु औषधसहित म्याग्दी घर भइ हाल पोखरा -३ नदिपुर बस्दै आएका २८ वर्षीय माईकल भनिने दिपक पुनलाई पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ।

कार्यालयका अनुसार प्रहरीले पुनको साथबाट नुर्फिन-२५ एम्पुल, डाईजापाम-२५एम्पुल र फेनरागन-२६ एम्पुल गरि जम्मा ७६ एम्पुल लागु औषध लगायत सामसुङ, आईफोन र ओप्पो ब्राण्डका मोवाइल एक -एक थान सहित नगद ८ हजार बरामद गरेको छ।
उनीमाथि आवश्यक अनुसन्धान भैरहेको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja