यो वर्ष शुक्रबार एकैदिन जनैपूर्णिमा र गाईजात्रा
पोखरा
भक्तपुर र ठिमी नगरपालिकाले बिहीबार जनैपुर्णिमा र भोली गाईजात्रा मनाउनका लागि दुई दिने सार्वजनिक बिदा दिए पनि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भने यो वर्षको जनैपूर्णिमा र गाईजात्रा शुक्रबार एकैदिन रहेको जनाएको छ। झन्डै ९ बर्ष पछि जनैपुर्णिमा र गाईजात्रा एकैदिन परेको हो।
मुख्यतः काठमाडौं उपत्यकाका नेवार समुदायले जनैपूर्णिमा र गाईजात्रा क्रमशः बिहीबर र शुक्रबार दुई दिन लगातर हुने जनाएपछि पञ्चाङ्ग समितिले २७ साउन अर्थात् शुक्रवार नै दुवै परेको भन्दै प्रेस विज्ञप्ति नै जारी गरेर स्पष्ट पारेको हो। पञ्चाङ्ग समितिले सो बारेमा भ्रममा नपर्न आग्रह गर्दै धार्मिक र परम्परा अनुसार आफ्ना धार्मिक कृत्य शुक्रबार एकैदिन गर्न गराउन समेत आग्रह गरेको छ।
बिहीबार नै पूर्णिमा तिथि सुरु हुने भए पनि भद्रा पर्ने भएकाले भोलिपल्ट शुक्रबार जनैपूर्णिमा मनाउन तथा रक्षाबन्धन गर्न उचित हुने पञ्चाङ्ग समितिको भनाइ छ।