पोखरा बाहेक अरु ठाँउमा प्याराग्लाईडिङ खेल संचालन नगर्न चेतावनी 



पोखरा

मंगलबार पोखरा रंगशालामा आयोजित छलफल कार्यक्रममा प्याराग्लाईडिङका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुले सुरक्षा सहित अन्य कारणले गर्दा पोखरा बाहेक अनेत्र कुनै पनि ठाँउमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत प्याराग्लाईडिङ खेल संचालन नगर्न र संचालन गरे बहिष्कार गर्ने चेतावनी दिएका छन्।

पोखरामा साहासिक खेल प्याराग्लाईडिङको लागि विश्वकै उत्कृष्ट ५ मध्यको एक मा पर्ने चर्चा चलेका बेला उक्त प्रतियोगिता अनेत्र लैजान नहुने पदकधारी खेलाडी विजय गौतमले बताए ।

कुनै कारणवश दुर्घटना भएमा पोखरा बाहेक अनेत्र उक्त प्रतियोगिता हुदा समयमै खेलाडीहरुको उद्धारमा प्रमुख समस्या हुने, खानापान र होटल आवासमा समेत अर्को समस्या हुने भएको अर्को प्याराग्लाईडिङ खेलाडी रविराज दर्लामी मगरले बताए । पोखरामा ताल माथि, पोखरामा केही धानखेतका फाँटहरु समेत भएकोले गर्दा आपतकालीन अबस्थामा प्याराग्लाईडिङ अवतरण गर्न सहज हुने उनले जनाए ।

प्रशिक्षक एवं हवाई खेलकुद संस्था नाका पूर्व अध्यक्ष समेत रहेका योगेश भट्टराईले यदि कसैले पोखरा बाहिर उक्त प्रतियोगिता हुने कुरा गरेमा आफुहरुसंग तथ्यका आधारमा बहस गर्न उनले चुनौती दिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja