पोखरामा लागु औषधसहित ४ जना पक्राउ



पोखरा

जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले पोखराका विभिन्न स्थानबाट लागु औषधसहित ४ जनालाई पक्राउ गरेको छ।

प्रहरीले उनीहरुको साथबाट विभिन्न परिमाणमा डाईजेपाम, फेनेरागन, नुर्फिन लगायतका कूल ३७० एम्पुल अवैध लागु औषध वरामद गरेको छ। पक्राउ पर्नेमा कास्कीको अन्नपूर्ण गाउँपालिका -९ स्थायी घर भइ हाल पोखरा -३० खत्रिचोक बस्दै आएका ४४ वर्षीय सन्तोष भन्ने ईन्द्रमान गुरुङ, पोखरा -१३ बाझापाटन बस्ने ४० वर्षीय विकास गुरुङ, पोखरा -३१ भलाम बस्ने सावन वि.क र पोखरा -३० घर भइ हाल बगालेटोल बस्दै आएका ५३ वर्षीय कुमार गुरुङ छन्।

उनीहरुमाथि लागु औषध समबन्धी कसुरमा जिल्ला अदालत कास्कीबाट म्याद थपको अनुमती लिएर आवश्यक अनुसन्धान कार्य अगाडी बढाइएको कास्कीका प्रहरी नायव उपरीक्षक तथा प्रहरी प्रवक्ता सुन्दर तिवारीले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja