पूर्वी नवलपरासीमा स्वास्थ्यकर्मीको भएपछी पीसीआर सेवा बन्द



पोखरा

पूर्वी नवलपरासी : गत असारसम्म म्याद रहेका ३६ स्वास्थ्यकर्मीको पुनर्नियुक्ति नहुँदा जिल्ला अस्पतालको पीसीआर सेवा बन्द भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य मन्त्रालयले एक वर्षका लागि करारमा नियुक्ति दिएका कर्मचारीको म्याद सकिएपछि नयाँ कर्मचारी पठाएको छैन । जिल्ला अस्पतालका सूचना अधिकारी छवि सुवेदीका अनुसार पीसीआर ल्याबमा समेत कार्यरत स्वास्थ्यकर्मीको म्याद सकिएकै दिनदेखि (गत असार मसान्त) जिल्ला अस्पतालमा रहेको कोरोना परीक्षण गर्ने पीसीआर ल्याब बन्द छ । साउनयता जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएपनि परीक्षण हुन सकेको छैन ।

यहाँका कोरोना संक्रमित पीसीआर परीक्षणका लागि भरतपुर वा पोखरा जान बाध्य छन् । करारमा रहेका चिकित्सक, स्टाफ नर्स, अहेब र स्वास्थ्य सहयोगीको गत असार मसान्तमा म्याद सकिएपछि जिल्लामा रहेको एकमात्र पीसीआर ल्याब बन्द छ ।

पूर्वी नवलपरासीको यो जिल्ला अस्पताल बाहेक अन्यत्र कहीँ पनि कोरोना संक्रमणको परीक्षण गर्ने पीसीआर ल्याब छैन ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja