अमेरिकामा मंकीपक्स फैलिएपछि स्वास्थ्य आपतकाल घोषणा



पोखरा

संयुक्त राज्य अमेरिकाले मंकीपक्स संक्रमण फैलिएपछि स्वास्थ्य आपतकाल घोषणा गरेको छ।

अमेरिकी स्वास्थ्य तथा मानव सेवा सचिव जेभियर बेसेराका अनुसार हाल यो आपतकाल ९० दिनका लागि मात्र लगाइएको हो। मंकीपक्स भाइरससँग प्रभावकारी ढंगबाट जुध्नका निमित्त यसलाई आपतकाल घोषणा गरिएको बेसेराको भनाई छ।

हाल अमेरिकामा मंकीपक्सका ७ हजारभन्दा बढी संक्रमित छन्। जसमध्ये १६ सयभन्दा बढी संक्रमित न्यूयोर्कमा मात्र रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। हाल यो संक्रमण विश्वका ८७ मुलुकमा देखिएको छ भने यसबाट विश्वभरमा २७ हजार भन्दा बढी मानिसहरू संक्रमित भएका छन्।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja