बागलुङको चर्चित शालग्राम सङ्ग्रहालय पर्यटकीय गन्तव्य बन्दै



पोखरा

बागलुङको शालग्राम सङ्ग्रहालय अहिले निकै चर्चित छ । सङ्ग्रहालयको प्रवेशद्वार बाघको मुखको आकृतिबाट बनाएपछि सङ्ग्रहालय अहिले बाघको मुखभित्र रहेको छ । बागलुङको पहिचानसँग जोडिएको बाघको मुखको आकृति निर्माणसँगै सङ्ग्रहालयको महिमा झनै चुलिएर गएको छ ।

हिन्दू धर्मावलम्बीले शालग्रामको पूजा-आराधना गर्ने गरे पनि वर्तमान समयमा भने शालग्राम शिलाको संरक्षण अभावमा हराउँदै गएको अवस्थामा बागलुङमा सङ्ग्रह गरी राखिएको शालग्राम सङ्ग्रहालयलाई थप व्यवस्थित बनाइएको छ भने बाघको मुखबाट छिरेर शालग्राम सङ्ग्रहालय अवलोकनको व्यवस्था मिलाइएको छ । 

बागलुङ नाम बाघको नामसँग जोडिएकाले बागलुङको पहिचानसँग जोडिएको बाघको मुखको आकृति शालग्राम सङ्ग्रहालयको प्रवेशद्वारमा बनाइएको र शालग्राम दर्शन गर्न आउनेको रोजाइमा बाघको मुख आकर्षणमा रहेको श्रीधराचार्य शालग्राम सङ्ग्रहालयका अध्यक्ष ऋषि प्रपन्नाचार्यले बताए ।

तिरुपती बालाजीधामभित्र रहेको शालग्राम सङ्ग्रहालयको प्रवेशद्वार नै बाघको आकृतिबाट बनाइएको शालग्राम सङ्ग्रहालयले आफ्नो आन्तरिक आम्दानीबाट रु १५ लाख लागतमा निर्माण गरेको हो । भारत र नेपाली कलाकारको समन्वयमा उक्त १० फिट अग्लो र पाँच फिट चौडाइको आकृति बनाइएको हो । 

भारतीय पर्यटक शालग्राम दर्शनका लागि पछिल्लो समय यहाँ आउने गरेको पाइएको छ । मुक्तिनाथ दर्शनका लागि पुगेका दर्थनार्थीले यहाँको सवा लाख शालग्राम दर्शन गरेपछि मात्रै आफूलाई मुक्ति प्राप्त भएको प्रतिकृया दिँदै आएका छन् । विश्वमै दुर्लभ मानिने शालग्राम शिलाको संरक्षणका लागि यहाँको एक मन्दिरले तीन वर्षअघि शालग्राम निर्माण गरेको हो भने एक दशकदेखि शालग्राम सङ्ग्रह गरेर राखिरहेको थियो ।  

मुक्तिनाथ जाने धार्मिक पर्यटकलाई बागलुङ भित्र्याउनसमेत यस सङ्ग्रहालयले ठूलो योगदान गरिरहेको छ भने जिल्लाका अन्य पर्यटकीय गन्तव्यलाई समेत चलयमान बनाएको छ । हाल सङ्ग्रहालयमा साना–साना सालग्रामदेखि तीन सय किलोसम्मको शालग्राम सङ्ग्रहित छ । परापूर्वकालदेखि नै शालग्राम सङ्ग्रहित गर्दै आएका स्व स्वामी श्रीधरचार्यको सपना साकार पार्ने काम भएको भन्दै स्थानीय खुसी छन् । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja