सिंहदरबार अगाडि आमरण अनशन गरिरहेकी निहारिका पक्राउ 



पोखरा

महोत्तरी जलेश्वर नगरपालिका ९ की निहारिका राजपुतले केही महिनादेखि नै आमरण अनशन बस्दै आएकी थिइन् ।

सरकारले यसअघि आफूसँग गरेको ५ बुँदे सहमति पालना गर्नुपर्ने माग गर्दै पछिल्लो पटक उनी सरकारद्वारा जारी प्रतिबन्धित क्षेत्रमा अनशन बसेकी थिइन् । शुक्रबार न्यायको माग गर्दै सिंहदरबार दक्षिण ढोका अगाडि आमरण अनशन गरिरहेकी निहारिका प्रहरीले पक्राउ गरेको छ ।

यसअघि सरकारसँग भएको ५ बुँदे सहमतिपछि उनले अनशन तोडेकी थिइन्। तर उक्त सहमति पालना नगरेपछि उनी फेरि अनशनका लागि सडकमा आएकी हुन् । यसबीचमा उनले विभिन्न संघसंस्था र नागरिक अगुवाको साथ पाए पनि उनको माग पूरा हुन सकेको छैन ।

निहारिकाले आफ्नो बोली कसैले नसुनेपछि आमरण अनशनको बाटो रोज्न बाध्य भएको बताएकी छन् । आफू १७ वर्षको छँदा नै एक व्यक्तिले नशालु पदार्थ सेवन गराएर बलात्कार गरेको भन्दै उनले दोषीमाथि कारबाही र आफूलाई न्याय हुनुपर्ने माग गर्दै आएकी छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja