कोभिड–१९ कम भएपछि मनाङमा बाह्य पर्यटकको वृद्धि



पोखरा

कोभिड–१९ को सङ्क्रमण न्यूनीकरण भएपछि हिमाली जिल्ला मनाङ आउने बाह्य पर्यटक बढेका छन् ।

आर्थिक वर्ष २०७७/७८ भन्दा आव २०७८/७९ मा मनाङ आउने बाह्य पर्यटक वृद्धि भएका हुन् ।आर्थिक वर्ष २०७८/७९ मा चार हजार ७४९ पुरुष र दुई हजार २७० महिला गरी कूल सात हजार २० पर्यटक भित्रिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का प्रमुख लेखनाथ गौतमले जानकारी दिए ।

उनका अनुसार आर्थिक वर्षको कात्तिक, चैत्र र वैशाखमा बढी बाह्य पर्यटक भित्रिएका थिए । एक्यापको धारापानी स्थित पर्यटक जाँच केन्द्रमा प्रवेश अनुमति लिएको आधारमा सो तथ्याङ्क सङ्कलन गरिएको प्रमुख गौतमले बताए ।

र्यटकले हिमाली, पहाडका दृश्य, उच्च पहाड, मनाङवासीको रितिरिवाज, प्राकृतिक सुन्दरता हेर्नका साथै मनाङबाट थोराङ्ला पास गरेर मुस्ताङ पुग्ने गर्दछन् । थोरालाङ्लाबाट मुस्ताङ हुँदै पोखरा पुग्न अन्नपूर्ण पदमार्गमा केही पर्यटक आउने गर्छन् ।

 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja