पहिरोले गर्दा देशभरका ५ सडक पूर्ण रुपमा अवरुद्ध



पोखरा

वर्षाका कारण बाढी पहिरोले गर्दा देशभरका पाँच सडक पूर्ण र १३ सडक आंसिकरुपमा अवरुद्ध भएका छन् ।

वर्षाका कारण हाल पूर्ण रुपमा अवरुद्ध भएका सडकमा मुस्ताङको काभ्रेभिर, रारा राजमार्गको नुवाकोट–तोप्ला सडक, साँफेबगर–मार्तडी–कोल्टी सडकको अम्कोट–बल्दे सडक, रोल्पाको कोइलावास–लमही, अर्जुनखोला–घोराही–होलेरी–घर्तीगाउँ–थवाङ–लुकुम सडक र चितवनको मौरी पुल रहेको छ ।

मुस्ताङको काभ्रेभिर सडक पहिरो तथा ठूलो ढुङ्गा बाटोमा खस्दा सवारीसाधन आवागमन अवरुद्ध भएको छ । उपकरण प्रयोग गरी पहिरो हटाउने काम भइरहेको सडक विभागले जनाएको छ । रारा राजमार्गमा निरन्तर पहिराका कारण अवरुद्ध भएकामा अहिले एउटा निजी स्काभेटर भाडामा लिएर सडक खुलाउने प्रयास भइरहेको छ ।

साँफेबगर–मार्तडी–कोल्टे सडकमा वर्षा र लेदो आउने क्रम रोकिएपछि यातायात खुलाउन सकिने र अहिलेका लागि वैकल्पिक बाटोका लागि सहमति जुटाउने प्रयास भइरहेको विभागले जनाएको छ । शहीद मार्ग खुलाउनका लागि स्काभेटर परिचालनको तयारी भइरहे पनि अरु स्थानमा पहिरो गएकाले सो खण्डमा पुग्न कठिन भएको छ ।

हाल १३ सडक एकतर्फी रुपमा मात्रै सञ्चालनमा रहेका छन् । कोसी राजमार्गको सम्माटार, पृथ्वी राजमार्गको बाँसबारी, त्रिभुवन राजपथको छत्तीस खोला, डुम्रे–बेँसीशहर–चामे सडकको उदिपुर, म्यार्दी भीरमा सडक अवरुद्ध रहेको छ ।

कोसी राजमार्गको फक्सिन्डा दोभानबाट बरुण खोलासम्मको सडक, अरनिको राजमार्गको कोदारी र बसेरी, पुष्पलाल राजमार्गको खहरे र दोबिल्ला, कर्णाली राजमार्गको जारकोटको सडक पनि एकातर्फबाट मात्रै खुलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja