तनहुँ कारागारमा कैदीबन्दीको राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन



पोखरा

तनहुँ कारागारमा रहेका कैदीबन्दीको राष्ट्रिय परिचयपत्र विवरण सङ्कलन गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय तनहुँको समन्वयमा कारागारमा रहेका कैदीबन्दीको राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गरिएको हो । कारागारमा रहेका दुई सय ६२ मध्ये ५५ जनाको विवरण सङ्कलन गरिएको कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

जिल्लामा हालसम्म एक लाख ५३ हजार एक सय ६० जनाले राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गराएका छन् । विभिन्न स्थानीय तह र जिल्ला प्रशासन कार्यालयमा रहेको दर्ता कार्यालयबाट उक्त सङ्ख्यामा विवरण दर्ता भएको छ । स्थानीय तहमा सञ्चालित अभियानबाट मात्र एक लाख १६ हजार छ सय ३४ जनाले विवरण दर्ता गराएका छन् । 

परिचयपत्रका लागि आवेदन फारम भर्दा १६ वर्ष उमेर पुगेका र नेपाली नागरिकताको प्रमाणपत्र पाएका नागरिकले नामथर, जन्ममिति, लिङ्ग, आमाबाबुको नाम, ठेगाना, नागरिकताको किसिम, पति र पत्नी नाम, बाजेको नाम उल्लेख गर्नुपर्छ । यस्तै फारममा औँठाछाप -१० वटा_, आँखाको नानी, तस्वीर, राष्ट्रियता र हस्ताक्षर उपलब्ध गराउनुपर्छ । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja