पहिरोले गोरखा-आँबुखैरेनी सडक खण्ड अवरुद्ध 



पोखरा

लगातारको वर्षाका कारण गएको पहिरोले आज मध्यान्हदेखि गोरखा-आँबुखैरेनी सडक खण्ड अवरुद्ध भएको छ ।

पृथ्वी राजमार्ग अन्तर्गत पर्ने गोरखा नगरपालिका-१४ स्थित तीनकिलो नजिकै घुम्तीमा माथिबाट सडकमा पहिरो खसेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरिक्षक केदार खनालले जानकारी दिए ।

पहिरोसँगै ठूलो रुखसमेत खस्ने अवस्थामा रहेकाले पन्छ्याउन जोखिम रहेको खनालले जानकारी दिए । गत वर्ष पनि सोही ठाउँमा पहिरो खस्ने गरेको थियो । पहिरोका कारण गोरखा सदरमुकामबाट छुट्ने र आँबुखैरेनी नाका हुँदै गोरखा सदरमुकाम प्रवेश गर्ने सबै सवारीसाधान रोकिएको खनालले बताए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja