अहिलेको बजेट कृषिमा केन्द्रित रहेको छ- अर्थमन्त्री शर्मा



पोखरा

अर्थमन्त्री जनार्दन शर्माले आयातमा भर परेको अर्थतन्त्रलाई आन्तरिक उत्पादनमा बदल्ने उद्देश्यका साथ बजेट ल्याइएको बताएका छन् ।

३० औँ  किसान सहिद दिवस तथा ६९ औँ भिमदत्त पन्त स्मृति दिवसका अवसरमा मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले आन्तरिक उत्पादन बढाउनकै लागि सहुलियतपूर्ण ऋण, किसान पेन्सन लगायतका योजनाहरू बजेटमार्फत ल्याइएको समेत बताए ।

आजको राष्ट्रियता भनेको सबल र आत्म निर्भर अर्थतन्त्र भएको भन्दै उनले उत्पादन क्षेत्रमा लाग्न आह्वान गरे। उनले आत्मनिर्भर हुनका लागि भूमिहीनहरूलाई जमिन उपलब्ध गराउने, पुँजी नहुनेहरूलाई पुँजी उपलब्ध गराउने, औजार नहुनेलाई औजार उपलब्ध गराउँदै र श्रमिकहरुलाई दक्षता प्रदान गर्नका लागि सरकार प्रतिबद्ध रहेको धारणा राखे ।

त्यस्तै उनले भने अहिलेको बजेट कृषिमा केन्द्रित रहेको बताए। मन्त्री शर्माले देशको अर्थतन्त्रलाई सबलीकरण गर्न सबै पक्षबिच हातेमालो गर्दै अघि बढ्नुपर्ने बताए।

कार्यक्रममा मन्त्री शर्माले किसान सहिद परिवारलाई सम्मान गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja