वर्षाका कारण कालीगण्डकी नदीमा पानीको सतह बढेपछि बासिन्दा त्रसित



पोखरा

आज दिनभर म्याग्दीका उच्च पहाडी र हिमाली क्षेत्रमा भएको वर्षाका कारण म्याग्दी र कालीगण्डकी नदीमा पानीको सतह बढेपछि तटीय क्षेत्रका बासिन्दा त्रसित भएका छन् ।

दुवै नदीमा साबिकको भन्दा धेरै पानीको सतह बढेपछि स्थानीय निकायले सचेत रहन तटीय क्षेत्रका बासिन्दालाई सूचित गरेको छ । पश्चिम म्याग्दी हुँदै बग्ने म्याग्दी नदीमा पानीको बहाव बढेको छ । जिल्लाको माथिल्लो क्षेत्रमा उच्च वर्षा भएपछि नदी किनारका बस्तीका बासिन्दाहरू त्रसित भएका छन् ।

मनसुन सुरु भएपछि पहिलो पटक म्याग्दी नदी बढेको मङ्गला गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र आचार्यले बताए । बाबियाचौर आसपासको तटीय क्षेत्रमा आवतजावत गर्नेलाई सचेत हुनसमेत अपिल गरिएको छ ।

त्यस्तै मुस्ताङ हुँदै बग्ने कालीगण्डकी नदीको माथिल्लो क्षेत्रमा नदीको सतह शनिबारको तुलनामा धेरै बढेको दानाका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले बताए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja