पोखरा डिहिकोपाटनमा पहिरोले घर पुरिदा १ जना को मृत्यु, २ जना घाइते



पोखरा

पोखरा महानगरपालिका वडा नं. ६ डिहिकोपाटनमा गएराति पहिरोले घर पुरिएको छ। सो पहिरोमा पुरिएर २६ वर्षका सन्तोष सुनारको ज्यान गएको कास्की प्रहरीले जनाएको छ ।

पहिरोमा परी २६ वर्षकी सुनिता सुनार र १० वर्षकी सिम्रन सुनार घाइते भएका छन् । उनीहरुको गण्डकी मेडिकल केलजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते सुनितताको अवस्था मध्यम र सिम्रन अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सुन्दर तिवारीले जानकारी दिए । 

प्रहरीका अनुसार अविरल वर्षापछि घर माथिबाट आएको पहिराले टिनको छानो भएको घर पुरिएको हो । डिएसपी तिवारीका अनुसार राति १ बजे तिर भएको घटनामा प्रहरीले माटो फालेर उनीहरुको उद्धार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja