पोखरामा ट्रकले मोटरसाइकललाई ठक्कर दिदा चालकको मृत्यु 



पोखरा

आइतबार साँझ पोखरामा ट्रकले मोटरसाइकललाई ठक्कर दिए पश्चात आगलागी हुँदा जलेर चालकको मृत्यु भएको छ।

पोखरा महानगरपालिका -२५ हेमजा स्थित पोखरा-बागलुङ सडकखण्डमा पोखराबाट हेमजातर्फ जाँदै गरेको ग १७ प १९७० नम्बरको मोटरसाइकललाई अन्दाजी ५ :५० बजेको समयमा ग १ क ५१५२ नम्बरको ट्रकले ठक्कर दिए पश्चात मोटरसाइकलमा आगलागी हुँदा चालकको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। मृत्यु हुनेमा माछापुच्छ्रे गाउँपालिका वडा नं -४ लाहाचोक निवासी २७ वर्षीय नवराज नेपाली रहेका छन्।

प्रहरीका अनुसार घटनाको सूचना पश्चात वडा प्रहरी कार्यालय बगरबाट प्रहरी निरीक्षक महेश कुमार आचार्यको कमाण्डमा खटिएको ९ जनाको टोलीले घाइते नेपालीलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल पठाएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनामा आगो निभाउने क्रममा ट्रकका धनी समेत रहेका हेमजा निवासी ४१ वर्षीय क्षेत्र बहादुर कुँवर घाइते भएका छन्। उनको दुवै हात र खुट्टा जलेको छ भने ठक्कर दिने ट्रकका चालक हेमजा लामपाटा निवासी २४ वर्षीय कृष्ण बुढामगर लाई प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja