गण्डकी प्रदेशमा ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय अन्तर्गतका दुई ऐन पारित



पोखरा

गण्डकी प्रदेश सरकारको ऊर्जा, जलस्रोत तथा खानेपानी  मन्त्रालय अन्तर्गतका दुई ऐन पास भएको छ ।  

आइतबार प्रदेश सभाको बैठकले खानेपानी तथा सरसफाइसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, जलस्रोत तथा सिँचाइ व्यवस्थापन गर्न बनेको विधेयक सर्वसम्मत पारित गरेको हो ।

संसदबाट दुई विधेयक पारित भएसँगै उर्जा मन्त्रालय अन्तर्गतका सिँचाइ तथा खानेपानी ऐन बनेको छ ।विगतमा ऐन नहुँदा सामान्य कार्यविधिकै भरमा काम गर्नु पर्ने बाध्यता रहेको ऊर्जा मन्त्री हरिशरण आचार्यले जानकारी दिए । 

‘यी दुई ऐन पारित भएसँगै अब हामीले खानेपानीको मुहान दर्ता, उपभोक्ताको अधिकार, कार्यालयको अधिकार, कार्यक्षेत्र, खानेपानीको महसुल व्यवस्थित बनाउने लगायत थुप्रै सहजता हुने भएको छ’, मन्त्री आचार्यले भने । 

ऐन पारित भएसँगै नियमावली निर्माणको प्रक्रिया सुरु गरिसकेको उनले बताए । ‘ऐनका आधारमा हामीले आवश्यक सबै नियमावली बनाइसकेका छौँ । अब अन्तिम छलफल गरेर ढिलोमा साउन मसान्तसम्ममा मन्त्री परिषदमा छलफल गराएर पास गर्नेछौं’, उनले भने । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja