२० औं संस्करणको आहा रारा गोल्डकपमा १२ लाख घाटा



पोखरा

पोखराकाे सहारा क्लबले गत माघमा आयोजना गरेको २० औं संस्करणको आहा रारा गोल्डकपमा घाटा व्यहोरेको जनाएको छ ।

शनिबार पोखरामा आयोजित आय व्यय सार्वजनिक कार्यक्रममा प्रतियोगिताको अर्थ संकलन उपसमितिका संयोजक सुनिल गुरुङले कुल १२ लाख ६२ हजार ८ सय २६ रुपैयाँ नोक्सान भए पनि विभिन्न संघसंस्थाले थप सहयोग गरेपछि नोक्सान रकम कम गर्न सफल भएको जानकारी गराए ।

गुरुङका अनुसार कोभिड १९ महामारीका बीच गरिएको प्रतियोगितामा ठूलो रकम घाटा भएपछि क्लबले गरेको अनुरोधका आधारमा क्लबका शाखा संस्थाहरु सहारा युकेले तीन लाख, सहारा हङकङले पाँच लाख एक हजार र सहारा अष्ट्रेलियाले एक लाख रुपैयाँ थप सहयोग गरेका थिए ।

उनका अनुसार ती संघसंस्थाको आर्थिक सहयोगपछि अहिले क्लबले कुल तीन लाख रुपैयाँमात्रै नोक्सान व्यहोरेको छ । गत माघ ६ गतेदेखि १५ गतेसम्म भएको प्रतियोगिताको उपाधि विभागीय क्लब एपीएफले जितेको थियो । १० क्लब सहभागी रहेको प्रतियोगितामा मनाङमस्र्याङ्दी क्लब उपविजेता भएको थियो । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गरेका थिए ।

दोस्रो चरणको कोरोना महामारीमा भएको प्रतियोगितामा सेमिफाइनलसम्म दर्शकबिनै सञ्चालन गरिएको थियो । प्रतियोगिताका लागि कुल ६६ लाख ४१ हजार एक सय ८१ रुपैयाँ ६३ पैसा आम्दानी भएकोमा ६९ लाख ८९ हजार रुपैयाँ २५ पैसा खर्च भएको जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja