जनार्दन शर्मालाई फेरि अर्थमन्त्री बनाउने निर्णय



पोखरा

नेकपा माओवादी केन्द्रले जनार्दन शर्मालाई फेरि अर्थमन्त्री बनाउने निर्णय गरेको छ । पार्टी अध्यक्ष प्रचण्डले आइतबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर शर्मालाई अर्थमन्त्री बनाउन सिफारिस गरेका छन् ।

सोहीअनुसार शर्माको आज नियुक्ति भएर आइतबार बेलुका नै शपथ दिलाउने तयारी भएको भएको बताइएको छ । 

शर्माको नियुक्तिका लागि सिफारिस पत्र बोकेर आइतबार बिहानै प्रचण्ड बालुवाटार पुगेका थिए । अब सरकारको सिफारिसअनुसार राष्ट्रपतिले शर्मालाई नियुक्ति गरेर शपथ गराउनेछिन् । 

बजेट निर्माणका क्रममा करका दर हेरफेरमा भूमिका खेलेको आरोपमा संसदीय छानबिन समिति गठन भएपछि शर्माले राजीनामा दिएका थिए । तर, संसदीय छानबिन समितिले शर्मालाई निर्दोष ठहर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja