मनाङ जिल्लामा ७७.६५ प्रतिशत मात्रै बजेट खर्च



पोखरा

विकट हिमाली जिल्ला मनाङमा आर्थिक वर्ष २०७८/७९ मा कूल बजेटको ७७.६५ प्रतिशत मात्रै खर्च भएको छ ।

मनाङमा संघ, प्रदेश र स्थानीय सरकारबाट विनियोजित कूल दुई अर्ब ४७ करोड ५६ लाख १७ हजार बजेटमध्ये ७७।६५ प्रतिशत खर्च भएको हो । रु एक अर्ब ९२ करोड २२ लाख ४२ हजार बजेट खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । मनाङमा कूल बजेटमा रु ५५ करोड ३३ लाख अर्थात २३ दशमलव ३५ प्रतिशत बजेट खर्च नभइ फ्रिज भएको कोष तथा लेखा नियन्त्रक शालिग्राम सापकोटाले जानकारी दिए ।

उनका अनुसार आर्थिक वर्ष २०७८/७९मा मनाङमा संघीय कार्यालयतर्फ विनियोजित कूल बजेट रु ७३ करोड ४० लाख ४९ हजारमध्ये रु ६६ करोड ८९ लाख ४२ हजार खर्च भएको छ । यो कूल बजेटको ९१ दशमलव १३ प्रतिशत हो । संघीयतर्फको कूल चालु बजेट रु ६४ करोड नौ लाख ४६ हजारमध्ये रु ५८ करोड ८४ लाख ६३ हजार खर्च भएको उनले बताए । 

कूल चालु खर्चको ९१ दशमलव ८१ प्रतिशत हो । संघीय पुँजीगत बजेट रु ९३ करोड एक लाख दुई हजारमध्ये रु ८० करोड चार लाख ७८ हजार खर्च भएको छ । सो बजेटको ८६ दशमलव ४४ प्रतिशत खर्च हो । प्रदेश कार्यालयतर्फ विनियोजित कूल बजेट रु ६४ करोड दुई लाख ७१ हजारमा रु ४८ करोड ७७ लाख ८६ हजार मात्रै खर्च भएको छ ।

कूल बजेटको यो ७६ दशमलव १८ प्रतिशत खर्च हो ।  प्रदेशतर्फको कूल विनियोजित बजेटमध्ये चालु तर्फ रु २१ करोड ६८ लाख चार हजार बजेटमा रु १२ करोड १९ लाख ९१ हजार खर्च भएको छ । प्रदेशको पुँजीगततर्फ रु ४२ करोड ३४ लाख ६७ हजार बजेटमा रु ३६ करोड ५७ लाख ९४ हजार अर्थात ८६ दशमलव ३८ प्रतिशत खर्च भएको जनाइएको छ ।

आर्थिक वर्ष २०७८/७९मा मनाङका चार स्थानीय तहले कूल बजेट रु एक अर्ब १० करोड १२ लाख ९६ हजारमध्ये रु ७६ करोड ५५ लाख १३ हजार खर्च गरेका छन् । यो कूल बजेटको ६९ दशमलव ५१ प्रतिशत मात्रै बजेट खर्च गरेका छन् ।

चार स्थानीय तहले चालु तर्फ रु ५८ करोड ५७ लाख बजेटमा रु ३९ करोड ८३ लाख बजेट खर्च गरेका छन् भने पुँजीगतर्फ रु ५१ करोड ५५ लाख ९४ हजार बजेटमध्ये रु ३६ करोड ७२ लाख १३ हजार बजेट खर्च गरेको कोष नियन्त्रक सापकोटाले बताए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja