राजस्थानमा भारतीय विमान दुर्घटना, दुई पाइलटको मृत्यु



पोखरा

भारतीय वायु सेनाको एक विमान राजस्थानमा दुर्घटना हुँदा विमानमा रहेका दुई जना पाइलटको मृत्यु भएको छ।

राजस्थानको बाडमेर क्षेत्रको भिमाड गाउँमा उडान भरिरहेको मिग ट्वेन्टी वान विमान बिहीबार राति स्थानीय समय अनुसार ९ बजेर १० मिनेट जाँदा दुर्घटना भएको हो। दुर्घटना यति भयानक थियो कि विमानका भग्नावशेषहरु आधा किलोमिटरपरसम्म उछिट्टिएका थिए।

परीक्षण तालिमका क्रममा विमान दुर्घटना भएको भारतीय वायुसेनाले जनाएको छ। तर दुर्घटनाको कारण भने खुलाइएको छैन।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja