एसईई मा लमजुङका २ विद्यार्थीले ल्याए ४ जीपीए



पोखरा

माध्यमिक शिक्षा परीक्षा (एसईई) मा लमजुङका २ विद्यार्थीले ४ जीपीए ल्याएका छन् । 

बेंसीसहर नगरपालिका ७ मा रहेका युनिभर्सल एकेडेमीका मनीष थापा र मर्स्याङ्दी गाउँपालिका ३ खुदीस्थित हिमचुली आवासीय मावि खुदीका प्रमीश कतिलाले ४ जीपीए ल्याएका हुन् । राजधानी बाहिर थोरै विद्यार्थीले ४ जीपीए ल्याएकोमा लमजुङका २ जनाले ४ जीपीए ल्याउन सफल भएका हुन् । दुवै विद्यालय निजी हुन् ।

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार लमजुङका ३८ जना परीक्षार्थीले ३ दशमलव ६१ देखि ४ जीपीएसम्म ल्याएका छन् । १ सय ६७ जना विद्यार्थीले ३ दशमलव २१ जीपीएदेखि ३ दशमलव ६ जीपीएसम्म ल्याएका शिक्षा विकास तथा समन्वय इकाईले जनाएको छ ।

इकाई प्रमुख बीरबहादुर गुरुङका अनुसार ४ सय २२ जना विद्यार्थीले २ दशमलव ८१ देखि ३ दशमलव २ जीपीएसम्म ल्याएका छन् । ६ सय २५ जनाले २ दशमलव ४१ देखि २ दशमलव ८ जीपीएसम्म ल्याएका छन् । ९ सय २८ विद्यार्थीले २ दशमलव १ देखि २ दशमलव ४ जीपीएसम्म ल्याएका छन् ।

६ सय ४१ जनाले १ दशमलव ६१ देखि २ जिपिएसम्म, १ सय ५१ जनाले १ दशमलव २१ देखि १ दशमलव ६ जीपीएसम्म ल्याएका इकाई प्रमुख गुरुङले बताए । उनका अनुसार ७ जनाले ० दशमलव ८१ जीपीएदेखि १ दशमलव २ जीपीएसम्म ल्याएका छन् । खुदीस्थित हिमचुली आवासीय माविबाट एसईई दिएर ४ जीपीए ल्याएका प्रमीश कतिला ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja