पोखराबाट काठमाडौं उडेको जहाज ६ मिनेटमा नै पुनः पोखरा नै फर्काइयो



पोखरा

यति एयरलाइन्सको जहाजको इञ्जिनमा समस्या देखिएको छ ।

पोखराबाट काठमाडौंका लागि उडेको ६ मिनेटमा नै जहाज पुनः पोखरा नै फर्काइएको छ । विमानस्थल श्रोतका अनुसार उड्नेवित्तिकै पाइलटले जहाजको इन्जिनमा समस्या देखिएको जानकारी गराएका थिए । 

विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीका अनुसार जहाजलाई पोखरा विमानस्थलमै सुरक्षित अवतरण गराइएको छ । सुवेदीका अनुसार नाइन एन एएनजी कलसाइन भएको जहाजको बायाँ इन्जिनमा समस्या देखिएको थियो । उक्त जहाजमा ४५ जना यात्रु थिए ।

सुवेदीका अनुसार बिहान ८ बजेर ५४ मिनेटमा जहाज विमानस्थलबाट टेकअफ भएको थियो । टेकअफ हुँदाहुँदै जहाजको इन्जिनमा समस्या देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja