आज पोखरा महानगरको आयोजनामा मेयर सम्मेलन हुँदै



पोखरा

पोखरा महानगरको आयोजनामा आज पोखरामा मेयर सम्मेलन हुँदैछ । ६ वटै महानगरका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतहरु भेला हुने सम्मेलनमा महानगरहरुले गरेका कामको अनुभव आदानप्रदान हुनेछ ।

यस्तै, कानुनी अड्चनका विषयमा पनि कुरा गरिने मेयर धनराज आचार्यले बताए। उनले महानगरको छुट्टै सञ्चालन ऐन बनाउनका लागि पनि साझा धारणा खोज्ने बताए । महानगरको छुट्टै सञ्चालन ऐनबारे यसअघि पनि छलफल गएको थियो तर कार्यान्वयन भएन।

मेयरहरूले महानगर सुधारको साझा धारणा तय गर्ने र उक्त धारणा एकमुष्ट रुपमा प्रदेश र संघ सरकारमा बुझाउने तयारी छ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja