स्याङ्जामा कोरोना सङ्क्रमितको सङ्ख्या उच्च, सतर्कता अपनाउनुपर्ने



पोखरा

केही समयदेखि कोभिडका बिरामी शून्य रहेको स्याङ्जामा पछिल्लो समय सक्रिय सङ्क्रमित ह्वात्तै बढेका छन् ।

जिल्लास्थित विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीको कोरोना परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या बढेको हो । अधिकांश बिरामीमा उच्च ज्वरो आउने, निरन्तर खोकी लाग्ने समस्या तथा कोरोनासँग मिल्दोजुल्दो लक्षण रहेकाले ‘एन्टिजेन’ परीक्षण गर्दा कोभिड सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयका प्रमुख वसुन्धरा शर्माले बताइन् ।

जिल्लाका ११ पालिकामध्ये हाल पुतलीबजार, वालिङ र चापाकोट नगरपालिकामा सङ्क्रमण दर धेरै छ । सङ्क्रमण देखिएका बिरामीलाई आवश्यक औषधि तथा स्वास्थ्य परामर्शसहित होम आइसोलेशनमा बस्न र अप्ठ्यारो भएमा तुरुन्तै स्वास्थ्य संस्थामा आउन अनुरोध गरिएको उनले बताइन् ।

“बिरामीलाई अहिले होम आइसोलेशनमा बस्न भनेका छौँ भने स्वास्थ्यमा कुनै असजिलो महसुस भएमा तत्कालै नजिकैको स्वास्थ्य संस्थामा खबर गर्न वा आउन भनिएको छ”, उनले भनिन्, “स्वास्थ्य संस्थामा आवश्यक उपकरण अक्सिजन प्लान्ट, अक्सिजन कन्सन्ट्रेटर, अक्सिजन सिलिन्डर, एन्टिजेन किट, एम्बुलेन्स तथा स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन खबर गरिसकेका छौँ ।”

सङ्क्रमण दर बढ्दै जान थालेपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य कार्यालयले सक्रियता बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja