सिंहदरबारको २ वटा गेटको सीसीटीभी फुटेज मगाउने छानबिन समितिको निर्णय



पोखरा

पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित समितिले गत १४ जेठको सिंहदरबारको दुई वटा गेटको सीसीटीभी फुटेज मगाउने निर्णय गरेको छ ।

आर्थिक वर्ष २०७९/०८० को बजेट निर्माणका क्रममा गत १४ जेठको मध्य राति अर्थ मन्त्रालयमा अनधिकृत व्यक्ति प्रवेश गराएर तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले करको दर हेरफेर गरेको आरोपमाथि संसद्ले छानबिन गर्न विशेष समिति गठन गरेको छ ।

उक्त समितिको आइतबार बसेको बैठकले सिंहदरबारको दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज मगाउने निर्णय गरेको हो । अर्थ मन्त्रालयले मन्त्रालयको सीसीटीभीको फुटेज १३ दिनपछि आफैँ मेटिने बताएपछि समितिले सिंहदरबारकै गेटको फुटेज मगाउने निर्णय गरेको हो ।

बजेट निर्माणका क्रममा १४ जेठको राति को को आएका हुन् भन्ने विषयको सत्य तथ्य पत्ता लगाउन सिंहदरबारको दक्षिण र पश्चिम गेटको सीसीटीभी फुटेज मगाउने निर्णय गरेको हो ।

अनधिकृत व्यक्ति प्रवेश गराएर करको दर हेरफेर गरेको आरोपमाथि छानबिन गर्न संसदीय समिति गठनपछि शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका हुन् । समितिलाई जवाफ दिने क्रममा शर्माले आरोप अस्वीकार गरिसकेका छन् । पटक पटक संसद् बैठकमा पनि उनले आरोप अस्वीकार गर्दै विधि र प्रक्रियामै रहेर बजेट निर्माण गरेको जिकिर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja