नेपालमा पनि ओमिक्रोनको उपप्रजाति ‘बीएफ.वान’ पुष्टि



पोखरा

अत्यधिक संक्रामक मानिएको ओमिक्रोन भेरियन्टको उपप्रजाति बीएफ.वान नेपालमा पनि पहिचान भएको छ ।

धुलिखेल अस्पतालको मोलिक्युलर एन्ड जिनोमिक सिक्वेन्सिङ रिसर्च ल्याबमा परीक्षण गर्दा ओमिक्रोनको नयाँ उपप्रजाति ‘बीएफ.वान’ पुष्टि भएको हो । कोरोना संक्रमण पुष्टि भएको २२ वटा नुमनालाई आनुवंशिक परीक्षण (जिन सिक्वेन्सिङ) मार्फत हेर्दा विभिन्न उपप्रजातिहरु देखिएका छन् ।

‘बीएफ.वान अहिलेसम्म नेपालमा देखिएको थिएन । तर, हामीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई रिपोर्टिङ गरेका छौं । ओमिक्रोनको उपप्रजाति ‘बीएफ.वान’ अहिलेसम्मकै संक्रामक मानिएको छ,’ अस्पताल स्रोतले जनाएको छ।

स्रोतका अनुसार जिन सिक्वेन्सिङ गर्दा ८ वटा नमुनामा ओमिक्रोनका उपप्रजाति ‘बीए.फाइभ’ देखिएको छ । ‘पछिल्लो समयमा संक्रमण बढ्नुमा ‘बीए.फाइभ’ कै हात रहेको छ । ‘बीए.फाइभको सबभरियन्ट ‘बीएफ.वान’ पुष्टि हुनुले थप चुनौति थपिदिएको छ,’ स्रोतले भन्यो ।

यो प्रजातिलाई विश्व स्वास्थ्य संगठनले ‘भेरियन्ट अफ कन्सर्न’ घोषणा गरेको छ । यो कत्तिको खतरनाक छ भन्ने अध्ययन भइसकेको छैन । विश्व स्वास्थ्य संगठनले गत असारमा ‘बीएफ.वान’ युरोपमा पनि देखिएको पुष्टि गरिसकेको छ ।

अनुसन्धान वैज्ञानिक तथा जीवाणुविज्ञ डा. सन्तोष दुलाल अहिले पुष्टि भएका ओमिक्रोनको उपप्रजातिमा खोपको प्रभावकारिता कम भएको बताउँछन् । उनका अनुसार कुल संक्रमितमध्ये ‘बीए.फाइभ’ ले ८० प्रतिशतलाई संक्रमण गराएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार नेपालमा हाल संक्रमणदर १० प्रतिशतले नाघिसकेको छ । विज्ञका अनुसार यो कोरोनाको चौथो लहर हो । यद्यपि, खोप लगाएका मानिसमा संक्रमण भए पनि जटिलता कम हुने भएकाले अतिरिक्त खोप (बुस्टर) लगाउनुपर्ने डा. दुलालको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja