बेलैमा वर्षा नहुँदा तनहुँमा ७२ प्रतिशत मात्रै धान रोपाइँ 



पोखरा

रासायनिक मलको अभाव र बेलैमा वर्षा नहुँदा तनहुँमा ७२ प्रतिशत मात्रै धान रोपाइँ भएको छ ।

असार अन्तिमसम्म करिब ९० प्रतिशत रोपाइँ सकिने आकलन गरिए पनि त्यसअनुसार नभएको कृषि ज्ञान केन्द्र प्रमुख कुलप्रसाद तिवारीले बताए । पछिल्लो २ सातामा छिटपुट मात्रै वर्षा भएका कारण सिँचाइ सुविधा नपुगेका खेत तथा फाँटमा रोपाइँ हुन सकेको छैन । ‘यस वर्ष मनसुन समयमै सुरु भएको हो ।

तर, मध्यअसारपछि पर्याप्त पानी पर्न सकेन । जसका कारण रोपाइँ प्रभावित भएको छ,’ उनले भने, ‘जिल्लामा सिँचाइ सुविधा पुगेका खेत तथा फाँटमा रोपाइँ सकिए पनि आकाशेपानीको भरमा रोपिने टारी, टुकुरामा किसानले अझै रोपाइँ गर्न सकेका छैनन् ।’ जसका कारण धान उत्पादनमा कमी आउनसक्ने उनको आकलन छ । केन्द्रका अनुसार जिल्लामा ११ हजार ५ सय हेक्टरमा धान खेती हुन्छ ।

समयमा मलबीउ नपाउने, किसान अन्य पेशामा लाग्ने, खेतीयोग्य जमिन गैरकृषि क्षेत्रमा प्रयोग बढ्ने जस्ता कारणले धान खेती कम हुन थालेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja