कांग्रेस कास्कीको प्रवक्तामा विश्वशंकर पालिखे नियुक्त



पोखरा

नेपाली कांग्रेस कास्कीको प्रवक्तामा विश्वशंकर पालिखे नियुक्त भएका छन् ।

पार्टी सभापति किशोरदत्त बरालले पालिखेलाई प्रवक्तामा नियुक्त गरेका हुन् । सभापति बरालले पालिखेलाई प्रवक्तामा नियुक्त गरेको जानकारी बिहीबार सम्पन्न नियमित बैठकमा जानकारी गराएको सचिव भानु ढकालले जानकारी दिए ।  प्रवक्तामा नियुक्त भएका पालिखे पार्टीको वर्तमान कार्यसमितिका सदस्य हुन् । उनी पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष पनि हुन् ।

पार्टीको बैठकमार्फत प्रजातन्त्र सेनानीहरु पोखरा-३ का तेजनाथ घिमिरे, पोखरा-२० का गंगाबहादुर खत्री र पोखरा-२६ का होमबहादुर बञ्जरा र विष्णु कर्माचार्यको निधनप्रति दुःख व्यक्त गरिएको सचिव ढकालले बताए । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja