एमाले अध्यक्ष ओली: संघीय र प्रदेशको चुनाव हुनैपर्छ



पोखरा

प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिरमा प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन हुनुपर्ने बताएका छन् ।

उनले निर्वाचन तलमाथि हुन नदिनका लागि लाग्न पार्टीका नेता र कार्यकर्तालाई निर्देशनसमेत दिएका छन् । एमाले वाग्मती प्रदेश स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई बुधबार काठमाडौंमा सम्बोधन गर्दै ओलीले आगामी निर्वाचनबाट सरकार गठनका लागि तयार हुनुपर्ने बताए । ‘मंसिरमा चुनाव गराउनुपर्छ । यो संवैधानिक प्रश्न हो । यसलाई तलमाथि हुन दिनु हुँदैन,’ उनले भने ।

चुनावबाट एमाले सरकारमा ल्याउने वातावरण बनाउन पनि ओलीले नेता कार्यकर्ताहरूलाई निर्देशन दिए । उनले देशको स्वाधीनता, स्वतन्त्रताको रक्षा, लोकतन्त्रको मूल्य, मान्यतासहित संविधानको रक्षा र कार्यान्वयन गर्नका लागि एमालेको सरकार आउनुपर्ने दाबी गरे । उनले राज्यका अंगहरू आफ्ना ठाउँमा प्रभावकारी र स्वच्छ रुपमा क्रियाशील होऊन् भन्नका लागि पनि एमालेको सरकार आउनुपर्ने बताए ।

विगतमा आफ्नो नेतृत्वमा सरकार भएका बेला मुलुकले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा लय समातेको दाबी गर्दै ओलीले आगामी दिनमा त्यो लय समातेर अगाडि बढ्न एमालेको नेतृत्वमा सरकार हुनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja