पोखराको न्युरोडबाट जुवा खेलिरहेका ६ जना नगदसहित पक्राउ 



पोखरा

जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराको न्युरोडबाट जुवा खेलिरहेका ६ जनालाई पक्राउ गरेको छ।

पोखरा महानगरपालिका वडा नं -८ न्यूरोड डेरा गरी बस्ने पोखरा -२६ लेखनाथ घर भएका ३२ वर्षीय नविन गौचनको कोठामा जुवातास खेलिरहेको अवस्थामा गौचन सहित ६ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ५३ हजार रूपैयाँ र २ सय ८ पत्ती तास सहित फेला पारी पक्राउ गरेको हो । उनीहरुमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरीले कार्यालय कास्कीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja