असार ३१ देखि साउन ६ गतेसम्म पोखराको अन्नपूर्ण केवलकार बन्द



पोखरा

पोखराको अन्नपूर्ण केवलकार असार ३१ देखि साउन ६ गतेसम्म बन्द हुने भएको छ ।

कम्पनीले एक सूचना जारी गर्दै नियमित मर्मतसम्भारका लागि एक साता केवलकार बन्द गर्न लागिएको जनाएको छ । कम्पनीका महाप्रबन्धक दिनेश पौड्यालका अनुसार साउन ७ देखि केवलकार नियमितरुपमा संचालनमा आउनेछ । जापानी प्राविधिकहरुले केवलकारको नियमित परीक्षण गर्ने उनले बताए ।  

पोखरामा अन्नपूर्ण केवलकार कम्पनीले सेदी-सराङकोट २.५ किलोमिटर लामो केवलकार निर्माण गरेर सञ्चालन थालेको छ । केवलकारमार्फत पोखराको फेवाताल किनारबाट सराङकोट पुग्न नौ मिनेटमात्रै लाग्नेछ । 

अन्नपूर्ण केबलकार प्रालिका सञ्चालक एवं निर्देशक तीर्थराज त्रिपाठीका अनुसार केवलकार निर्माणमा करिब दुई अर्ब लगानी भएको छ । कोरोना महामारीले निर्धारित समय भन्दा केही ढिलो गरी केवलकार सञ्चालनमा आएको हो । 

केवलकारको माथिल्लो स्टेशनमा भ्यू टावर, गार्डेन, पार्किङ, रेष्टुरेन्ट, कफी सप हुनेछ । पोखरामा पहिलो केवलकार निर्माणले यहाँ नयाँ पर्यटकीय गन्तव्य थप्ने र आन्तरिक एवं बाह्य पर्यटनलाई प्रवर्द्धन गर्ने विश्वास लिइएको छ । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja