कुटपिटबाट एक महिलाको मृत्यु



पोखरा

सप्तरीको डाक्नेश्वरी नगरपालिका–८ स्थित आज कटी निवासी ५५ वर्षीया जीरादेवी मण्डको कुटपिटबाट मृत्यु भएको छ । सोही ठाउँका राजेश शर्मा र गणेश शर्माले जीरादेवीलाई कुटपिट गर्दा उनको मृत्यु भएको थियो  । 

स्थानीय मनोज मण्डल साइकलमा खाद्यान्न लिएर आफ्नो घरतर्फ आउँदै गरेको अवस्थामा राजेश र गणेशको आफन्त पर्ने एक बालकलाई साइकलले ठक्कर दिएको भन्दै विवाद भएको थियो ।

सोही विवादको क्रममा राजेश र गणेशसहित गाउँका अन्य व्यक्तिले मनोजलाई कुटपिट गर्न थालेपछि आफ्नो छोरालाई बचाउने क्रममा उनीहरूको कुटपिटबाट जीरादेवीको मृत्यु भएको बुहारी अमरीदेवी मण्डलले जानकारी दिइन् ।

मृतकको शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा पठाइएको छ ।  कुटपिटमा संलग्न व्यक्ति फरार भएका र उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ  । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja